फेसबुके गन्थन-२
मन्दिर र दर्शन संस्कृति
मानिसको लागि शाकाहार र मांसहार मध्ये कुन ठिक भन्ने विवाद उठाउनु यहानेर
समाजमा अन्यहीन तर्कहरुको जालो फिजाउनु
खोज्नु जस्तो हुनसक्छ/ किनकि यसलाई धर्म र
आस्थाको आँखाले हेर्दै गर्दा शरीर र पोषण बिज्ञानको तर्कलाई नजर अन्दाज गर्न
सकिदैन भने समुदाय र संस्कृतिको पाटोबाट यसको
पक्ष लिदै गर्दा पशु हत्या र यस बिरुद्दको आवाजलाई बेवास्ता गर्न सकिदैन/
यथार्थमा हाम्रा शक्ति पिठहरुमा बलि दिने प्रथा भएपनि हाम्रा बैदिक धर्म ग्रन्थमा कहीं
पनि यो परम्पराको पृष्ठपोषण गर्ने आधारहरु
उल्लेखित छ जस्तो लाग्दैन भने हाल आएर हाम्रो समाजमा देखिने विभिन्न धार्मिक
सम्प्रदाय र समूह कुनैमा पनि साकाहारलाई मात्र
आधात्मिक चिन्तन र साधनको लागि खुल्ला भनि मांसहारलाई पुरै बर्जित गरेको देखिदैन/झन्
शरीर विज्ञानले त हामीलाई चाहिने प्रोटिन जस्ता तत्वहरुको लागि भोजनमा मासुको अंश
अत्याबस्यक जस्तै ठान्दछ/ यसरि आफु साकाहारी भैकन पनि कहिले पनि यसको एकतर्फी
वकालत गर्दै हिडीएन/ तर यसपटक मनकामना मन्दिर दर्शनार्थ पुग्दा भने कम से कम धार्मिक स्थल
र मठ मन्दिरहरु मांसहार अनि नशा तथा मदिरा निषेधित क्षेत्र बनाउनु पर्ने कुराको वकालत गर्न मनलाग्यो/
मनकामना, नेपालका चर्चित धार्मिक स्थलहरु मध्ये एउटा हो जसमा दैनिक हजारौको संख्यामा दर्शनार्थीहरु
पुग्दछन/ यसमा पनि देशमा संचालनमा रहेको एउटा मात्र केबलकारले मन्दिर सम्मको पहुच सहज बनाइदिएर
दर्शनार्थीहरुको चाप बढाएको छ/ बेलुकीको मेसो पारेर मन्दिरमा उक्लदा दर्शनार्थीहरु लाइन बस्ने ठाउमा लहरै दर्शनार्थी जस्तै प्लास्टिक बोत्तलथिए जुन भोलि पल्टसम्म पनि उस्तै थिए, साथै मन्दिर
परिसरका कुना कप्चेरा ठाउमा फोहरहरु प्रसस्तै थिए/ त्यहाँ हामी दर्शनार्थीहरुको
सफाई चेतनाको बिम्ब मात्र होइन मन्दिरले
गर्दा दैनिक लाखौ कमाउने मन्दिर ब्यबस्थापन
र केबलकारको मन्दिर प्रतिको अपनत्व
पनि बिम्बित थियो/ फुर्सदिलो क्षणमा पुजारी बाजे मन्दिरको ढोका छेउ स्मार्ट फोनमा
ब्यस्त देखिन्थे न की मन्दिर वरपरको बाताबरण को उनलाई चिन्ता थियो/
“आउनुस आउनुस खाजा नास्ता खाएर जानुस, सेकुवा
चिउरा, सेलरोटी तरकारी ताजा ताजा” मुग्लिन
कै झल्को दिने गरि खाना नास्ताको व्यापार अनि मन्दिरकै मूल ढोका अगाडिको पुरानो
बाटोको दोहरै बाटोमै पोलिएको सेकुवाको गन्ध/ थाहा छैन हामी मन्दिर दर्शनलाई अध्यात्मिक चिन्तनसंग
कसरि जोड्दछौ, धार्मिक पर्यटनलाइ अन्य पर्यटनसंग कसरि छुट्टै परिभाषित गर्छौ/
तर अकाट्य सत्य के हो भने हामीहरु धार्मिक क्रियाकलापमा आत्मिक
सन्तुष्टिको लागि लाग्दछौ/ यो लोक र पर लोक, ज्ञान वा भक्ति, भगवान का साकार कि
निराकार स्वरूप, द्वैत वा अद्वैत्य
बाद जस्ता हाम्रो सनातनी धर्मका विरोधाभासबाट पर हटेर, बेद पुराण जस्ता धार्मिक
ग्रन्थका गुरु र पण्डितहरुले गर्ने आआफ्नै प्रकारका विरोधाभासपूर्ण ब्याख्या लाई
नजोडी निरपेक्ष बनेर भन्नु पर्दा धार्मिक क्रियाकलापमा लाग्नु भनेको आफ्नै चित्त
सुद्धि गर्नु हो/ तामसी परिवेश र क्रियाकलापलाइ
छाड्दै सात्विक क्रिया कर्म र परिवेश तिर लाग्नु हो/ संसारिक भागदौड र तछाड मछाड
बाट पर रहेर शुद्ध चिन्तन सहितको बातावरणमा मग्न हुनु हो/
“ ओइ
मलाई त बेलुका अलि बढी भएछ यार, हल्ला पनि टन्नै गरियछ मेरो त टाउको दुखेर बेहाल
भो” संगै लाइनमा बस्ने एक हुल अधबैसे मध्य एउटाले आफ्नो हालत साथीहरुलाई बताउदै
थियो.” होइन यार खान त मैले पनि टन्नै खाएको होनी, मेरो त उल्टीले गर्दा काम गर्यो
, खासै टाउको दुखेको छैन” अर्को साथी बताउदै थियो/ उनीहरुका गफ यस्तै चल्दै थिए र
मन्दिरको लाइन आगाडी बढ्दै थियो/ हुल नै भएर अघिल्लो बेलुकाभरि होटेलमा हल्ला
गर्दै टन्न मांस अनि मदिरापान गरि बिहानपख
बेलुका कै हेंग ओभरमा मन्दिरको लाइनमा बसी दर्शन गर्दा कस्तो अध्यात्मिक
चिन्तन र लाभ मिल्ला? सोधी र खोजि कै बिषय
बन्ला /
अझ सपाट शब्दमा भन्नुपर्दा हामीहरु मन्दिर दर्शनको हाम्रो परम्परा र संस्कृति मार्फत मन्दिर र मन्दिर क्षेत्रलाइ अधिक ब्यापार मात्र
गर्ने थलो, मनोरन्जनको लागि पुग्ने स्थल बनाइरहेका छौ/ मन्दिर मन्दिरको जस्तो सफा
अनि पवित्रतामा नभैकन, हाम्रा दर्शन गर्ने मनहरु एकाग्रता र शुद्दतामा नरहिकन
हामीहरु कस्तो मन्दिर दर्शन संस्कृतिको बिकाश गर्दै छौ/ भोलि यसले कस्तो रुप लिदै
जाला/ यसको उत्तर भोलिकै गर्वमा छाडिदिने
कि? यसको बारेमा आजै सोच्ने? विचार यहाँहरुकै/
No comments:
Post a Comment