Monday, October 14, 2013

शहर दशैं मान्न गाउँ पस्यो


पोहर जस्तै,परार जस्तै
यसपाली पनि शहर, दशैं मान्ने भन्दै हुलै बाँधेर गाउँ पस्यो

गाउँ रुगेर बस्ने जिर्ण असक्त बाबु आमालाई
खाडी पनि पुग्न नसक्ने असक्ष्यम दाजु भाइलाई
घरकै चुलो चौको अनि मेलापात गरिरहेका दिदीबहिनीलाई
अलिकति सहानुभूतिको कोसेलीको आश, सधैं जस्तै
यसपाली पनि शहर दशैं मान्ने भन्दै  हुलै बाँधेर गाउँ पस्यो

बर्सौ देखि मानेको ठुलो चाड
साथीभाई पुनारो याद, रमाइलो त छदै छ
त्यो भन्दा पनि अलिकति आफ्नो शहरी ठाट
आफ्नै जन्म भुमि खाली गाउ अझै नभुलेको ढाट
धेरै आफ्नै बजारी सपना र योजनाका फेरिहस्त छाटकाट
पोहर जस्तै,परार जस्तै
यसपाली पनि शहर दशैं मान्ने भन्दै  हुलै बाँधेर गाउँ पस्यो

थाहा छैन, दशैं मान्ने नाउमा गाउँ पसेको शहरले गाउँलाइ कति मान्छ
आफ्नै परिवेशमा तन्मय गाउँलाइ,
आफ्नै आगनमा, आफूबाट टाढीएर गएको शहरलाइ कतिको आफ्नो ठान्छ
बर्सौ भयो शहर दशैँमा यसरी नै गाउँ पस्न थालेको
दशैं पछी, शहर शहर फिरेपछी
गाउँ उस्तै सुनसान रयो भन्ने सुनिन्छ
बर्सभरिनै शहरले गाउँ चियाएन भन्ने सुनिन्छ

र पनि ,
पोहर जस्तै,परार जस्तै अर्थात् सधैं जस्तै

यसपाली पनि शहर गाउँमै दशैं मान्ने भन्दै  हुलै बाँधेर गाउँ पस्यो