असोज ३, २०७२ र संकल्प
आज असोज ३,२०७२. बिहान सबेरै निन्द्रा खुलेर
उठ्दा देखिनै छुटै उमङ्ग र उत्साह भरिएको थियो तन अनि मनमा| साच्चै अन्य दिनको भन्दा फरक अनिभूती
रहयो आजको बिहानी| अन्य दिन जस्तै बिहानै उठदा देखि दिनभरिको दैनिकिको योजना
बनाउने र सम्झने झन्झट रहेन, न भयो अन्य काम काजको तनाबको झन्झट| हुन पनि २००७ साल
देखिको नेपालीले कल्पना गरेको आफ्नो संबिधान आफै लेखेर घोषणा गर्ने दिन| दुई दुई
वटा संबिधान सभाले ६/७ वर्ष लगाएर बनाएको संबिधान लागु हुने दिन| थोरै केहि असन्तुस्टी बीच सम्पूर्ण राष्ट्र यसैको धुनमा
लागेको दिन |यो युगमा एकचोटी आउने
राष्ट्रिय दिनले सबैलाई कुनै न
कुनै रुपमा प्रभावित पार्नु स्वाभाविक नै हो| हामी जस्ता अधबैसे युवाहरुले बिगतमा आफ्नो उर्जाशील उमेर लामो राजनैतिक अस्थिरताको प्रभावमा परेर असमन्जस
पूर्ण रुपमा बिताउन पर्यो| पढेर शैक्षिक
योग्यता बनाएर पनि अवसरको अभाबमा र्निर्धक्क
देश निर्माणको जिम्मेबारीमा सघन रुपमा लाग्न पाइएन| आज देशले शान्ति र स्थिरताको
आधार लोकतान्त्रिक संबिधान पाउन लागेको सुखद घडीमा देशले अब प्रगति र सम्बृद्धिको
बाटो समाउने छ भन्ने पूर्ण आशा छ| यसकै प्रभाब हो बिहान देखिनै मन फुरुङ्ग छ अन्य
कुनै कुराको चासो छैन|
यसै बिच म मेरा अध्ययन कालका र विभिन्न समयमा सहकार्य भएका तराई मधेशबासी
मित्रहरुलाई सम्झदै छु, संबिधानमा मधेसको असन्तुस्टी भैरहेको परिप्रेक्ष्यमा|
स्नातक अध्ययन समयका महतो जी, यादब जी, चौधरी जी अनि स्नातकोतर समयका मण्डल जी,रावत जी अनि अन्य| समग्रमा
हामीहरुले बिगतमा भोगेको राजनैतिक अस्थिरताको पिडा समान थियो, अबसरको अभाब,
राजनैतिक प्रणाली प्रति असन्तुस्टी अनि नया प्रणालीको आश र माग| लाग्छ आज संबिधान
निर्माणसंगै हाम्रा ति साझा चुनौती र माग सम्बोधित हुनेछन| सूचना प्रबिधि र सामाजिक संजालको देन आज पनि
हामीहरु दैनिक सम्पर्कमा छौ|राजनैतिक नेताहरुको राजनैतिक अभिस्टले तराइमा बढेको असन्तुस्टी
बाहेक उहाहरुको असन्तुस्टी देखिदैन सुनिदैन कतै पनि|यस अर्थमा हाम्रो बिगतका
चुनौती र समस्या साझा थिए र अब यी साझा रुपमै सम्बोधित हुनेछन नया ब्यबस्थामा
भन्ने साझा आशा छ|
देशको अबको बाटो भनेको बिकाश र सम्बृद्धि तिर एक
तमास रुपमा लाग्नु हो| संविधानले त शान्ति र स्थिरताको प्रत्याभूति संगै अबसरहरु
सृजना गरिदिने हो| यसमा जुट्ने र लाग्ने त हामीहरु जनताहरु नै हो| आआफ्नो
क्षेत्रमा देश बिकाशको लागि देशलाई नै केन्द्रमा राखेर लागी परे, केहि न केहि दिने
प्रयत्न प्रत्यक नेपालीले गरे देखि यो देश बन्न पक्कै बेर लाग्दैन| आउनुहोस एउटा प्रण
गरौ | यो संबिधान घोसणाको महान घडीमा खुसियाली त छदै छ,देशको लागि आगामी दिनमा
आआफ्नो क्षेत्रमा चाहे त्यो जागिर होस् या
व्यापार, या होस् अध्ययन अनुसन्धान या
राजनैतिक कर्म, इमान्दारीपुर्बक केहि न केहि फरक योगदान सहित देश बिकाशको सम्बाहक
बन्ने संकल्प गरौ| आजको दिनमा मेरो संकल्प छ| आफु लागेको उर्जा क्षेत्रको अध्ययन र अनुसन्धानलाइ निरन्तरता दिएर
यसको अभिबृदिमा जिबन पर्यन्त लाग्ने|
यो क्षेत्रमा केहि मात्र भए पनि योगदान
पुगेमा मातृभूमिको ऋण थोरै भएपनि चुक्ता
गरेको ठान्नेछु|
जय संबिधान! जय देश!!