Sunday, September 20, 2015

असोज ३, २०७२ र संकल्प  


आज असोज ३,२०७२. बिहान सबेरै निन्द्रा खुलेर उठ्दा देखिनै छुटै उमङ्ग र उत्साह भरिएको थियो तन  अनि मनमा| साच्चै अन्य दिनको भन्दा फरक अनिभूती रहयो आजको बिहानी|  अन्य दिन जस्तै  बिहानै उठदा देखि दिनभरिको दैनिकिको योजना बनाउने र सम्झने झन्झट  रहेन, न भयो  अन्य काम काजको तनाबको झन्झट| हुन पनि २००७ साल देखिको नेपालीले कल्पना गरेको आफ्नो संबिधान आफै लेखेर घोषणा गर्ने दिन| दुई दुई वटा संबिधान सभाले ६/७ वर्ष लगाएर बनाएको संबिधान लागु हुने दिन| थोरै केहि  असन्तुस्टी बीच सम्पूर्ण राष्ट्र यसैको धुनमा लागेको दिन |यो युगमा एकचोटी आउने  राष्ट्रिय दिनले  सबैलाई कुनै न कुनै रुपमा प्रभावित पार्नु स्वाभाविक नै हो| हामी जस्ता अधबैसे युवाहरुले बिगतमा  आफ्नो उर्जाशील उमेर  लामो राजनैतिक अस्थिरताको प्रभावमा परेर असमन्जस पूर्ण रुपमा  बिताउन पर्यो| पढेर शैक्षिक योग्यता बनाएर पनि  अवसरको अभाबमा र्निर्धक्क देश निर्माणको जिम्मेबारीमा सघन रुपमा लाग्न पाइएन| आज देशले शान्ति र स्थिरताको आधार लोकतान्त्रिक संबिधान पाउन लागेको सुखद घडीमा देशले अब प्रगति र सम्बृद्धिको बाटो समाउने छ भन्ने पूर्ण आशा छ| यसकै प्रभाब हो बिहान देखिनै मन फुरुङ्ग छ अन्य कुनै कुराको चासो छैन|

यसै बिच म मेरा अध्ययन कालका  र विभिन्न समयमा सहकार्य भएका तराई मधेशबासी मित्रहरुलाई सम्झदै छु, संबिधानमा मधेसको असन्तुस्टी भैरहेको परिप्रेक्ष्यमा| स्नातक अध्ययन समयका महतो जी, यादब जी, चौधरी जी अनि  स्नातकोतर समयका मण्डल जी,रावत जी अनि अन्य| समग्रमा हामीहरुले बिगतमा भोगेको राजनैतिक अस्थिरताको पिडा समान थियो, अबसरको अभाब, राजनैतिक प्रणाली प्रति असन्तुस्टी अनि नया प्रणालीको आश र माग| लाग्छ आज संबिधान निर्माणसंगै हाम्रा ति साझा चुनौती र माग सम्बोधित हुनेछन|  सूचना प्रबिधि र सामाजिक संजालको देन आज पनि हामीहरु दैनिक सम्पर्कमा छौ|राजनैतिक नेताहरुको  राजनैतिक अभिस्टले तराइमा बढेको असन्तुस्टी बाहेक उहाहरुको असन्तुस्टी देखिदैन सुनिदैन कतै पनि|यस अर्थमा हाम्रो बिगतका चुनौती र समस्या साझा थिए र अब यी साझा रुपमै सम्बोधित हुनेछन नया ब्यबस्थामा भन्ने साझा आशा छ|
देशको अबको बाटो भनेको बिकाश र सम्बृद्धि तिर एक तमास रुपमा लाग्नु हो| संविधानले त शान्ति र स्थिरताको प्रत्याभूति संगै अबसरहरु सृजना गरिदिने हो| यसमा जुट्ने र लाग्ने त हामीहरु जनताहरु नै हो| आआफ्नो क्षेत्रमा देश बिकाशको लागि देशलाई नै केन्द्रमा राखेर लागी परे, केहि न केहि दिने प्रयत्न प्रत्यक नेपालीले गरे देखि यो देश बन्न पक्कै बेर लाग्दैन| आउनुहोस एउटा प्रण गरौ | यो संबिधान घोसणाको महान घडीमा खुसियाली त छदै छ,देशको लागि आगामी दिनमा आआफ्नो क्षेत्रमा चाहे त्यो  जागिर होस् या व्यापार, या  होस् अध्ययन अनुसन्धान या राजनैतिक कर्म, इमान्दारीपुर्बक केहि न केहि फरक योगदान सहित देश बिकाशको सम्बाहक बन्ने संकल्प गरौ| आजको दिनमा मेरो संकल्प छ| आफु लागेको उर्जा क्षेत्रको  अध्ययन र अनुसन्धानलाइ   निरन्तरता दिएर  यसको  अभिबृदिमा जिबन पर्यन्त लाग्ने| यो क्षेत्रमा केहि  मात्र भए पनि योगदान पुगेमा मातृभूमिको ऋण थोरै भएपनि  चुक्ता गरेको ठान्नेछु|


जय संबिधान! जय देश!!


No comments:

Post a Comment