Thursday, November 22, 2012


ब्रम्ह सत्य जगत् मिथ्या (प्रथम प्रहर)

स्वर्णिम बाल्यकाल, निस्फिक्री समय
जताततै खुशी बाड्ने साथहरु, भर र भरोसा दिने हातहरु
परिवार नै संसार, परिवार नै आधार

बाबाको माया भन्दा अर्को ठुलो माग छैन
आमाको काख  भन्दा अर्को ठुलो लाख छैन
उतरार्धमा बाल्यबय लगत्तै हाजिर भो किशोरबय

घर भन्दा बाहिरै रमाइलो
आफ्नो आगन भन्दा चोक अझ सडक घमाइलो
परिवारले दिनु भन्दा साथीभाई को हात छिटो
आमाको काख भन्दा प्रियसीको साथ मिठो

पत्तै भएन मायाको परिभाषा फेरिएछ
के हो आफ्नोपन  के हो अर्कोपन प्रश्नै प्रश्नले घेरिएछ
बित्दा बित्दै जिबनको  पहिलो प्रहर
आफूलाई नै  बुझ्नु  पर्ने कस्तो  अफ्टेरो कहर

प्रियेसी को प्रेम झुट्टा खेपेपछि
साथीभाई अझ समाजनै आफु अनुकुल  नदेखेपछी
आफू मात्र   सहि लागेकै हो
मायाको संसार नै झुट लागेकै हो

थाहा होस् वा नहोस,पत्तो होस् वा नहोस
आफू भनेको  ब्रम्ह मान्यो  भने,जगत् संसारी माया ठान्यो भने
जीवनको पहिलो प्रहरमै एक भाग भोगिएको रहेछ  
ब्रम्ह सत्य जगत् मिथ्या !

No comments:

Post a Comment