Thursday, December 10, 2009

स्वागतम

मेरो पहिलो ब्लगमा पदार्पण !

4 comments:

  1. You are welcome! Just begin with something.

    ReplyDelete
  2. oye! did u forget that u have a blog?

    ReplyDelete
  3. blogger harayeko suchana:aafno bloglaai alpatra parer kunai ekjana blogger harayeko chha. Phela parnuhune .........

    ReplyDelete
  4. स्वागत छोरीलाई

    तिम्रो आगमनको असिम खुशीमा
    सन्तान सुखको यो अपुर्ब क्षणमा
    आगे संसार उपहार टक्र्याउदै
    स्वागतका यीनै शब्द पुँन्ज प्यारी छोरी तिमिलाई

    अभिभाबकत्व बोधको बुझाई हुनसक्छ
    कर्तब्य बोधको अनुक्रमता हुनसक्छ
    साँच्चै आजभोली,
    मैले सोच्ने प्रत्येक सोचाइका केन्द्र बिन्दुमा तिमी हुनेगर्छेउ
    मैले हिड्ने प्रत्येक हिडाईमा तिमी छायाँ बन्नेगर्छेउ
    सबैभन्दा ठुलो प्राप्ति पछिको कौतुहलता मेरी छोरी
    अगाडिका तिम्रा हुर्काईमा खै कस्तो माली बनुला
    तिम्री आमाको सहकार्यमा तिम्रै जीबनपथको खै कस्तो सारथी बनूला

    मलाई थाहा छैन
    तिम्रा हजूरबाबा र हजूरआमाले जस्तै
    सन्तान केन्द्रित सपना देख्न हुन्छ कि हुदैन
    यो कलि समयमा, यो छलछाम र धोकाबाजीको संसारमा
    असल मान्छे बनाउने सपना देख्न हुन्छ कि हुदैन
    अर्काको काध चडी लुछाचुँडी गर्नुपर्ने परिबेशमा
    तिमीलाई कन्नरकुटी चडाउदा चडाउदै
    अर्काकै काधमा रमाउन सिकाउन हुन्छ कि हुदैन

    बाबा बनेपछिको असमन्जस र अनिश्चितता होइन छोरी
    निरपेक्ष बनेर अगाडी सोच्दैछु
    सिधा औलाले घिउ नआउने समाजमा
    म कस्तो संस्कार सिकाउला खै
    म कस्तो शिक्षा दिउला खै
    थाहाछैन ,संसार धनकै पछी लाग्छ जान्दाजान्दै
    धन भन्दा विधा ठुलो सिकाउन हुन्छ कि हुदैन
    कुमार कर्तब्य ठुलो हो जान्दाजान्दै
    गणेश भक्ति सिकाउन हुन्छ कि हुदैन

    तिम्रो आगमनको असिम खुशीमा
    सन्तान सुखको यो अपुर्ब क्षणमा
    आगे संसार उपहार टक्र्याउदै
    स्वागतका यीनै शब्द पुँन्ज प्यारी छोरी तिमिलाई

    ReplyDelete